काठमाडौं । चालु बर्ष २०८१ को अन्तिम दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक घटेर बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ८.८४ अंकले घटेर २६ सय ६१.८६ को विन्दुमा झरेर रोकिएको हो ।
आज कुल ३ सय २२ कम्पनीका १ करोड ३१ लाख ८९ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६ अर्ब २८ करोड रुपैयाँ नाघेको छ ।
आज कारोबारमा आएकामध्ये १ सय ५७ कम्पनीको सेयरमूल्य घट्दा ८८ कम्पनीको सेयरमूल्य उकालो लागेको छ । आज कारोबारमा आएकामध्ये होटल तथा पर्यटन, लगानी, म्युचुअल फण्ड र निर्जीवन बीमाबाहेकका सबै समुहको उपसुचकहरु घटेका छन् ।
आज सेयरमूल्य उकालो लागेका कम्पनीहरुमध्ये नेपाल माईक्रो इन्स्योरेन्स कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।