Logo

सुन प्रतिको आकर्षण बढ्दो, बुधबार पनि प्रतितोला २ सयले बढ्यो

सुन प्रतिको आकर्षण बढ्दो, बुधबार पनि प्रतितोला २ सयले बढ्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय बजारमा दैनिक रुपमा सुनको मूल्य उकालो लागेको छ । पछिल्लो समय अन्तरराष्ट्रिय बजारमै सुनको मूल्य बढेकाले त्यसको असर नेपाली बजारमा पनि पर्न गएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहन सुनुवार बताउँछन् । ‘अन्तरराष्ट्रिय स्तरमै हेर्ने हो भने सुनप्रतिको आकर्षण बढेको छ,’ उनले भने, ‘मानिसहरुले डलरको तुलनामा सुनप्रति लगानी बढाएकाले पनि मूल्य बढ्न गएको हो ।’

स्थानीय बजारमा सुनको मूल्य बढेर प्रतितोला ५५ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेका महासंघले जानकारी दिएको छ । बढ्दो खपत तथा सर्टेजभन्दा पनि अन्तरराष्ट्रिय बजारमै दैनिक रुपमा मूल्य बढेकाले नेपाली बजारमा पनि सोही अनुरुप बढ्न गएको उनले जानकारी दिए ।

नेपाली बजारमा चाँदीको मूल्यमा भने केही गिरावट आएको छ । बुधबार चाँदीको मूल्यमा प्रतितोला १५ रुपैयाँले घट्न गई ७ सय ८० रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्