Logo

उत्तारचढावका बीच अन्तिममा सामान्य अंकले बढ्याे नेप्से, ५ अर्ब ३० करोडको कारोबार

उत्तारचढावका बीच अन्तिममा सामान्य अंकले बढ्याे नेप्से, ५ अर्ब ३० करोडको कारोबार



काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उच्च अंकको उत्तारचढाव देखिएको छ । कारोबार समयको सुरुवातदेखि दिउसो १ बजेसम्म करिव ४० अंकले ओरालो लागेको नेप्से त्यसपछि लगातार उकालो लाग्दै अन्तिममा सामान्य अंकले बढेकाे हाे ।

मंगलबार कारोबारको अन्तिम समयमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १.७३ अंकले बढेर २६७१.८० को विन्दुमा पुगेर बन्द भएको छ ।

आज कुल ३ सय २१ कम्पनीका १ करोड ६ लाख ४३ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ३० करोड ९५ लाख नाघेको छ ।

आज कारोबारमा आएकामध्ये ६ समुहको परिसुचक उकालो लाग्दा बाँकी ७ समुहको परिसुचक ओरालो लागेका छन् । आज कारोबारमा आएकामध्ये १ सय २३ कम्पनीको सेयरमूल्य घट्दा १ सय २१ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्