Logo

भृकुटीमण्डपमा जुत्ता चप्पलको कुम्भ मेला, ७५ प्रतिशत छुटको अफर ९ गतेसम्म मात्र

भृकुटीमण्डपमा जुत्ता चप्पलको कुम्भ मेला, ७५ प्रतिशत छुटको अफर ९ गतेसम्म मात्र


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाली जुत्ता घरको आयोजनामा भृकुटी मण्डपको प्रदर्शनी स्थलमा भईरहेको बिग सेल मेला माघ ९ गतेसम्म चल्ने भएको छ । यो मेला पुष १४ गतेदेखि शुरु भएको हो ।

बिग सेल मेलामा विभिन्न कम्पनीले जाडो याम लक्षित गरि नयाँ डिजाइनका जुत्ताहरु समेत बिक्रि गरिरहेको छ । कम्पनीहरुले जुत्ताको खुद्रा बिक्रि मुल्यमा १५ प्रतिशत देखि ७५ प्रतिशत सम्म छुट उपलब्ध गराइएको छ । मेलामा १ सय५० देखि १० हजारसम्मका जुत्ता तथा चप्पल बिक्रि वितरणका लागि राखिएको छ । मेलामा उपभोक्ताले सर्वसुलभ मुल्यमा नेपाली जुत्ता तथा चप्पल प्रयोग गर्ने बानीको बिकासको लागी एक अनुपम थलो हुने विश्वास आयोजकको छ ।

big_sale

नेपाली जुत्ता घरमा आवद्ध कम्पनीको उत्पादनको गुणस्तर तथा विश्वसनीयताले गर्दा यस अघिका बिग सेल मेलामा आएका पभोक्ताहरुनै यस मेलामा दोहोरिदै आएको नेपाली जुत्ता घरका अध्यक्ष रामकृष्ण प्रसाईले जानकारी दिए ।

नेपाली ब्राण्ड लगाउन प्रोत्साहन गर्नुका साथै बानी बसाल्न यस मेलामा सिमित डिजाईनका जुत्ता तथा चप्पलहरु लागत भन्दा पनि कम मुल्यमा बिक्रि गरिएको उनले बताए ।

शिखर सुज, बिएफ डियरहिल सुज, स्काइ सुज, क्रस रोड, कोसेली छाला जुत्ता, टाकुरा सुज, शु ल्याण्ड, सप्mट टच, फुटल्याण्ड, ईजी सुज् र टम टेलर जस्ता चर्चित नेपाली ब्राण्डका आकर्षक एवं गुणस्तरिय अफिसियल जुत्ता, क्याजुअल जुत्ता, स्पोर्टस जुत्ता, बुटहरु, स्कुल तथा कलेजका युनिफर्म जुत्ताका साथै जेन्टस तथा लेडिज स्याण्डलहरु यस एक्स्पोमा उपलब्ध छन् । यो मेलामा २ लाखभन्दा बढी आगन्तुकहरुले अवलोकन गरी ५० हजार जोर भन्दा बढी जुत्ता चप्पलहरु बिक्रि हुने लक्ष्य रहेको छ ।

कोही नझुक्किउन् र नठगीउन् भनेर नेपाली जुत्ता घरमा उपलब्ध भएका सम्पूर्ण जुत्ता चप्पलहरुमा खुद्रा बिक्रि मुल्य अड्ढित गरिएको छ । नेपाली ब्राण्डका जुत्ता तथा चप्पलहरुमा ६ महिनाको वारेन्टी सहित बिक्रि गरिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL