काठमाडौं । ट्रेड टावर लिमिटेडले सर्वसाधारण सेयर जारी गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई सोमबार उक्त् अनुमति दिने निर्णय गरेको हो ।
कम्पनीले ३९ करोड ७१ लाख ५९ हजार बढी रुपैयाँ बराबरका ३९ लाख ७१ हजार ६ सय ९३ कित्ता सेयर जारी गर्ने अनुमति पाएको हो यो कम्पनीको जारी पुँजीको ४८.६९ प्रतिशत हुन आउँछ । कम्पनीले सेयर निष्काशनका लागि लक्ष्मी सनराइज क्यापीटललाई विक्री प्रवन्धकको रुपमा नियुक्त गरेको छ ।