काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले घट्न पुगेको छ । कारोबार समयको सुरुवातदेखि ओरालो लागेको नेप्से अन्तिम समयमा ३२.४५ अंकले घट्दै २६ सय ७० को विन्दुमा झरेर बन्द भएको हो ।
आज कारोबार अवधिभर कुल ३ सय २२ कम्पनीका १ करोड १४ हजार ८ सय बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ६५ करोड ८९ लाख रुपैयाँ माथि पुगेको छ ।
आज कारोबारमा आएका सबै समुहका परिसुचक ओरालो लागेका छन् । यस्तै आज कारोबारमा आएकामध्ये २ सय २१ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा २३ कम्पनीको सेयरमूल्यमा मात्रै वृद्धि देखिएको छ ।