Logo

दैनिक रुपमा उकालो लाग्दै सुन, मंगलबार प्रतितोलमा ६ सयले बढ्यो

दैनिक रुपमा उकालो लाग्दै सुन, मंगलबार प्रतितोलमा ६ सयले बढ्यो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ । केही समययता उकालो लागेको सुनको मूल्य मंगलबार एकैपटक ६ सय रुपैयाँले बढ्न गएको हो ।

बजारमा सुनको मूल्य बढेर प्रतितोला ५५ हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
बजारमा तेजावी सुनको मूल्य समेत प्रतितोला ५५ हजार रुपैयाँ पुगेको छ ।

मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला ५ रुपैयाँले बढेको चाँदी आज स्थिर रही ७ सय ९५ रुपैयाँमा कारोवार भइरहको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्