काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटेको छ । कारोबार समयको सुरुवातिदेखि ओरालो लागेको नेप्से अन्तिम समयमा १५.५७ अंकले घट्दै २६ सय ७७ को विन्दुमा झरेर बन्द भएको हो ।
आज कुल ३ सय २० कम्पनीका १ करोड ६ लाख ७० हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ७९ करोड ७७ लाख माथि पुगेको छ ।
आज कारोबारमा आएकामध्ये २ सय १ कम्पनीको सेयरमूल्य घट्दा ४२ कम्पनीको सेयरमूल्य उकालो लागेको छ । आज ट्रेडिङबाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् ।