काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चुडामणि चापागाईं नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद बैठकले चापागाईंलाई नेप्सेको सीईओको रूपमा नियुक्त गर्ने निर्णय गरेको हो।
चापागाईंले सानिमा बैंक र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा लामो समय विभिन्न जिम्मेवारी सम्हालेका थिए।
नेप्सेको सीईओ पद माघ २५ गतेदेखि रिक्त रहेको थियो।