Logo

सान्जेनको विक्री प्रवन्धकमा लगानी कोष, पहिलो चरणमा ८७ लाख ६० हजार कित्ता सेयर निष्काशन

सान्जेनको विक्री प्रवन्धकमा लगानी कोष, पहिलो चरणमा ८७ लाख ६० हजार कित्ता सेयर निष्काशन


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सान्जेन जलबिद्युत कम्पनी लिमिटेड र नागरिक लगानी कोष वीच सेयर निष्काशन सम्झौता भएको छ । सान्जेन चलविद्युत कम्पनीको सेयर निष्काशनका लागि यी दुई संस्थाबीच आईतबार सम्झौता भएको हो ।

जस अनुसार सेन्जनको साधारण सेयर निष्काशनका लागि कोषले सेयर निष्काशन तथा विक्री प्रवन्धकको काम गर्ने छ । उक्त सम्झौता पत्रमा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र सान्जेनका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन ।

सम्झौतासँगै कम्पनीले पहिलो चरणमा समुह ‘ग’ का क्रणदाता कर्मचारीको लागि छुट्टयाइएको १ प्रतिसत तथा संस्थापक सेयर धनी संस्थाका कर्मचारीको लागि ३ दशमलव ५ प्रतिसत र ‘घ’ अन्तरगतका कर्मचारी संचय कोषमा रकम जम्मा गरेका संचयकर्ता कर्मचारीलाई छुट्टयाइएको साधारण सेयर निष्काशन गर्ने छ । जस अनुसार कुल १९ दशमलव ५ प्रतिसतले हुन आउने प्रति कित्ता सय रुपैयाँका दरले ८७ लाख ६० हजार कित्ता सेयर निस्कासन गर्ने सम्झौता भएको कोषका सूचना अधिकृत उद्धव सिलवाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL