Logo

राष्ट्रिय वाणिज्य बैंकले साढे २ अर्बको ऋणपत्र निष्काशन गर्दै, सेबोनले दियो अनुमति

राष्ट्रिय वाणिज्य बैंकले साढे २ अर्बको ऋणपत्र निष्काशन गर्दै, सेबोनले दियो अनुमति



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले राष्ट्रिय वाणिज्य बैंकलाई २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने अनुमति दिएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले २५ लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति पाएको हो ।

जसमध्ये बैंकले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख इकाई सर्वसाधारणमा जारी गर्नेछ भने १ अर्ब रुपैयाँ बराबरको १० लाख इकाई आफ्नै पहलमा प्राइभेट प्लेसमेन्ट मार्फत बिक्री गर्न अनुमति पाएको हो ।

राष्ट्रिय वाणिज्य बैंकले ७ वर्ष अवधि भएको ७ प्रतिशत आरबीबीएल डिबेन्चर २०८८ बिक्री गर्न लागेको हो । उक्त डिबेन्चरको वार्षिक ब्याजदर ७ प्रतिशत तोकिएको छ । यसमा बिक्री प्रबन्धकको जिम्मेवारी काम सानिमा क्यापिटलले पाएको छ ।

प्रतिक्रिया दिनुहोस्