काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातदेखि उकालो लागेको नेप्से अन्तिम समयमा २९.८२ अंकले बढ्दै २६ सय ९३ को विन्दुमा पुगेर रोकिएको हो ।
आज कारोबार अवधिभर कुल ३ सय २३ कम्पनीका १ करोड ५५ लाख ७२ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब ५६ करोड ८२ लाख माथि पुगेको छ ।
आज कुल २ सय २२ कम्पनीको सेयरमुल्य उकालो लाग्दा २२ कम्पनीको सेयरमुल्य घटेको छ ।
आज कारोबारमा आएकामध्ये म्युचुअल फण्डबाहेकका सबै समुहको परिसुचक उकालो लागेको नेप्सेले जानकारी दिएको छ ।