Logo

सामान्य ओरालो लाग्यो नेप्से परिसुचक, २ अंकले घट्दा साढे २७ करोडको कारोवार

सामान्य ओरालो लाग्यो नेप्से परिसुचक, २ अंकले घट्दा साढे २७ करोडको कारोवार


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । साताको पहिलो दिन आज नेप्से परिसुचक २ दशमलव १४ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ४ सय ७७ दशमलव ७२ अंकमा झरेर बन्द भएको हो ।

आइतवार कारोवारमा आएका बैंकिङ समुह बाहेक अन्य समुह ओरालो लागेकोले समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । सो दिन वीमा समुहको परिसुचक सवैभन्दा बढी ४४ दशमलव ५२ अंकले ओरालो लागेको छ ।

त्यस्तै जलविद्युत १७ दशमलव ५९,होटल ११ दशमलव ८४,विकास बैंक ६ दशमलव ९६, फाइनान्स २ दशमलव ९ र अन्य समुह ० दशमलव २९ अंकले ओरालो लागेको छ । यता बैंकिङ समुहको परिसुचक भने १ दशमलव ५९ अंकले उकालो लागेको छ ।

आइतवार १ सय २२ कम्पनी कारोवारमा आएक थिए । ती कम्पनीको ४ लाख ८८ हजार कित्ता सेयरबाट २७ करोड ५३ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्