Logo

रोकिएन सुनको भाउ बढ्ने क्रम,प्रतितोला ५४ हजार ७ सयमा कारोवार

रोकिएन सुनको भाउ बढ्ने क्रम,प्रतितोला ५४ हजार ७ सयमा कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ । शुक्रवार दिन प्रतितोला ५४ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज ५४ हजार ७ सय रुपैयाँ पुगेको हो ।

गत १ सातामा सुनको भाउ तोलामा १ हजारले बढेको छ । गत आइतबार सुन ५३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदी आइतबार प्रतितोला ५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । अघिल्लो दिन प्रतितोला ७ सय ९० रुपैयाँमा कारोबार भएकोमा आइतबार ७ सय ९५ पुगेको हो

प्रतिक्रिया दिनुहोस्