Logo

गोगोरोको प्रतिबद्धता पूरा : काठमाडौंमा ४५ ब्याट्री स्व्याप स्टेसन सञ्चालनमा

गोगोरोको प्रतिबद्धता पूरा : काठमाडौंमा ४५ ब्याट्री स्व्याप स्टेसन सञ्चालनमा



काठमाडौं । गोगोरोले काठमाडौं उपत्यकाभरि ४५ वटा ब्याट्री स्वाप स्टेसनहरू पूर्ण रूपमा सञ्चालनमा ल्याएको छ। गोगोरोले आफ्नो प्रतिबद्धता अनुसार स्मार्ट स्कूटरको बिक्री सुरु गर्नुअघि नै बलियो नेटवर्क पूर्वाधार निर्माण गरेको हो।

सहरी यातायातलाई दिगो र प्रभावकारी बनाउने गोगोरोको लक्ष्यमा यो एउटा महत्वपूर्ण कदम हो। रणनीतिक रूपमा प्रत्येक २ देखि ३ किलोमिटरको दूरीमा रहेका यी ४५ स्वाप स्टेसनहरूले चार्जिङको झन्झट हटाउँदै पूर्ण चार्ज भएका ब्याट्रीहरूमा सहज पहुँच प्रदान गर्छन्।

केवल ६ सेकेन्डमा ब्याट्री स्वाप गर्न सकिने भएकाले नेपाली ईभी प्रयोगकर्ताहरूले निर्बाध यात्राको अनुभव लिन सक्नेछन्। प्रमुख शहरी क्षेत्र र आसपासमा यात्रुहरूको सहजताका लागि स्टेसनहरू स्थापना गरिएका छन्। स्वाप स्टेसनहरू चौबिसै घण्टा सञ्चालनमा रहन्छन्। पहिलो पटक प्रयोग गर्नेहरूलाई पनि सजिलो ब्याट्री स्वाप सुविधा उपलब्ध छ।

रियल टाइम ब्याट्री स्वास्थ्य निगरानी र सुरक्षा मापदण्ड सुनिश्चित गरिएको छ। भविष्यको मागलाई सहजै सम्बोधन गर्न सक्ने संरचना बनाइएको छ। बिजुली अवरोधमा पनि ७ दिनसम्म सञ्चालन सुनिश्चित गर्ने इन(बिल्ट यूपीएस प्रणाली जडान गरिएको छ। ब्याट्री स्वास्थ्य र प्रयोगकर्ताको माग अनुसार उपलब्धता सुनिश्चित गर्ने एआई–सञ्चालित स्टेसनहरू छन्।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This