काठमाडौं । यामाहा नेपालले इन्धन दक्षता र प्रविधिको संयोजनसहितको आफ्नो नयाँ अभियान ‘हाइएस्ट माइलेज इन नेपाल’ सुरु गरेको छ। यस अभियानअन्तर्गत रेजेडआर १२५ एफआई हाइब्रिडले ७१.३३ किलोमिटर प्रति लिटरको प्रमाणित माइलेज प्रदान गर्दै नयाँ कीर्तिमान स्थापित गरेको छ। उन्नत हाइब्रिड प्रविधियुक्त यो स्कूटरले माइलेज, पावर र नवीन प्रविधिको उत्कृष्ट सन्तुलन प्रस्तुत गर्ने कम्पनीले जानकारी दिएको छ ।
यसमा रहेको विशेष प्रणालीले एक्सेलेरेशनको समयमा अतिरिक्त टर्क शक्ति प्रदान गर्ने हुँदा सवारी झन् सहज र शक्तिशाली हुन्छ। साथै, अन(बोर्ड निगरानी प्रणालीले इन्जिनको अवस्था निरन्तर जाँच गरी टिकाउपन र विश्वसनीयता सुनिश्चित गर्छ।
यामाहा नेपालले खेलकुद तथा युवा सहभागितालाई प्राथमिकता दिँदै नेपाल सुपर लिगको तेस्रो संस्करणमा काठमाडौं रेजर्स टिमको मुख्य प्रायोजक हुने घोषणा गरेको छ। पहिलो सिजनको विजेता काठमाडौं रेजर्स नेपाली फुटबल लिगको एक प्रमुख टोली हो, र यस टिमलाई निरन्तर समर्थन गर्न पाउँदा यामाहा नेपाल गर्व महसुस गर्छ।
नेपालभर आफ्नो मजबुत उपस्थिति रहेको यामाहा नेपालले नवीन प्रविधि, उत्कृष्ट प्रदर्शन र गुणस्तरीय सेवा प्रदान गर्दै दुई पाङ्ग्रे सवारीको बजारमा नेतृत्व गरिरहेको छ। अत्याधुनिक प्रविधि, इन्धन दक्षता र रोमाञ्चक सवारी अनुभवको संयोजनले रेजेडआर १२५ एफआई हाइब्रिडलाई नेपाली सवारका लागि उपयुक्त विकल्पका रूपमा स्थापित गराउने विश्वास कम्पनीले लिएको छ।