Logo

नेप्सेमा उच्च गिरावट, परिसुचक ५३ अंकले घट्दा ६ अर्ब ३२ करोडको कारोबार

नेप्सेमा उच्च गिरावट, परिसुचक ५३ अंकले घट्दा ६ अर्ब ३२ करोडको कारोबार



काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले घटेको छ । कारोबार समयको सुरुवातदेखि नै ओरालो लागेको नेप्से आज अन्तिम समयमा ५३.०४ अंकले घट्दै २६ सय १६ को विन्दुमा पुगेर रोकिएको हो ।

आज कुल ३ सय १७ कम्पनीका १ करोड २३ लाख ७१ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६ अर्ब ३२ करोड १ लाख ४१ हजार नाघेको छ ।

आव कारोबारमा आएकामध्ये सबै समुहको परिसुचक ओरालो लागेका छन् । यस्तै आज कारोबारमा आएकामध्ये २ सय ३० कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा १३ कम्पनीको सेयरमूल्य मात्रै बढेको छ ।

आज हिमालयन रिइन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी ४२ करोड माथिको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्