Logo

आइपीओ जारी गर्ने अनुमति माग्दै दुई कम्पनी पुगे सेबोन

आइपीओ जारी गर्ने अनुमति माग्दै दुई कम्पनी पुगे सेबोन



काठमाडौं । नेपाल धितोपत्र बोर्डमा विभिन्न दुई कम्पनीले आइपीओ निष्काशनका लागि अनुमति माग गरेका छन् । आरती पावर कम्पनी र मेवा डेभलपर्सले आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएका हुन्। यी दुवै कम्पनीले नेपाल धितोपत्र बोर्डमा आइपीओ जारी गर्ने अनुमति मागेर निवेदन दिएका छन्।

आरती पावर कम्पनीले १०० रुपैयाँ अंकित दरका ३६ लाख कित्ता साधारण सेयर जारी गर्ने योजना बनाएको छ। यदि नेपाल धितोपत्र बोर्डले अनुमति प्रदान गरेमा, आरती पावरले आइपीओ बिक्रीबाट ३६ करोड रुपैयाँको पुँजी जुटाउनेछ। यसको बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटलले लिएको छ।

त्यस्तै, मेवा डेभलपर्सले १०० रुपैयाँ अंकित दरका १ करोड १२ लाख कित्ता सेयर जारी गर्ने योजना बनाएको छ, जुन कुल १ अर्ब १२ करोड रुपैयाँ बराबरको हुनेछ। यसका लागि धितोपत्र बोर्डको अनुमतिको प्रक्रिया चलिरहेको छ। मेवा डेभलपर्सको आइपीओ बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटलले सम्हाल्नेछ।

प्रतिक्रिया दिनुहोस्