Logo

सात अंकले घट्यो नेप्से, कारोबार ४ अर्ब ३४ करोड मात्रै

सात अंकले घट्यो नेप्से, कारोबार ४ अर्ब ३४ करोड मात्रै



काठमाडौं । साताको तेस्रो कारोबार दिन‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ७ अंकले घटेर बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि आरालो लागेको नेप्से अन्तिम समयमा ७.६६ अंकले घट्दै २६ सय ९७ को विन्दुमा झरेर बन्द भएको हो ।

आज कुल ३ सय १३ कम्पनीका ८२ लाख ३७ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ३४ करोड ६६ लाख रुपैयाँमा सीमित भएको छ । आज अतिरिक्तबाहेकका सबै समुहको उपसुचकहरु ओरालो लागेका छन् ।

यसअनुसार आज कारोबारमा आएकामध्ये १ सय ५२ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा ८६ कम्पनीको सेयरमुल्यमा वृद्धि देखिएको छ । यस्तै आज ५ कम्पनीको सेयरमूल्य यथावत छ ।

प्रतिक्रिया दिनुहोस्