Logo

१० अंकले घट्यो नेप्से, कारोबार ५ अर्ब ४० करोडमै सीमित

१० अंकले घट्यो नेप्से, कारोबार ५ अर्ब ४० करोडमै सीमित



काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घट्दै बन्द भएको छ । कारोबार समयको सुरुवातीदेखि ओरालो लागेको नेप्से अन्तिम समयमा १०.१४ अंकले घट्दै २७ सय ४ को विन्दुमा झरेर बन्द भएको हो ।

सोमबार कुल ३ सय ३१ कम्पनीका ९९ लाख ३५ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ४० करोड ८३ लाख रुपैयाँमा सीमित भएको छ । आज कारोबारमा आएकामध्ये ४ समुहको उपसुचक उकालो लाग्दा ८ समुहको उपसुचकमा गिरावट आएको छ ।

यस्तै आज म्युचुअल फण्ड समुहको उपसुचक भने स्थिर रहेको नेप्सेले जानकारी दिएको छ । आज कारोबारमा आएकामध्ये १ सय ४५ कम्पनीको सेयरमुल्य ओरालो लाग्दा ८५ कम्पनीको सेयरमूल्य मात्रै उकालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This