काठमाडौं । साताको चौथो र यो साताको अन्तिम कारोबार दिन (बुधबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले बढेर बन्द भएको छ । यसअघि लगातार ओरालो लागिरहेको नेप्से आज भने १७.२८ अंकले बढ्दै २७ सय ३६ को विन्दुमा पुगेर बन्द भएको हो ।
आज कारोबार अवधिभर कुल ३ सय २३ कम्पनीका २ करोड २९ लाख ४१ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब २३ करोड ५२ लाख पुगेको छ ।
आज कारोबारमा आएकामध्ये १ सय ४६ कम्पनीको सेयरमूल्य उकालो लाग्दा ८८ कम्पनीको सेयरमुल्यमा गिरावट आएको छ । आज कारोबारमा आएकामध्ये विकास बैंक र लघुवित्त बाहेकका सबै समुहको परिसुचक उकालो लागेका छन् ।