Logo

सेयर बजारमा उच्च अंकको गिरावट, कारोबार ८ अर्ब ३९ करोडमा सीमित

सेयर बजारमा उच्च अंकको गिरावट, कारोबार ८ अर्ब ३९ करोडमा सीमित



काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले घटेको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढावसहित ओरालो लागेको नेप्से अन्तिम समयमा ३२.२१ अंकले घट्दै २७ सय १९ को विन्दुमा झरेर बन्द भएको हो । आज कुल ३ सय ३ कम्पनीका १ करोड ५५ लाख ५९ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब ३९ करोड ११ लाख माथिको कारोबार भएको छ ।

आज कुल कम्पनीमध्ये २ सय ९ कम्पनीको सेयरमुल्य घट्दा ३२ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिन्छ । यसरी आज कारोबारमा आएकामध्ये विकास बैंक बाहेकका सबै समुहको परिसुचक ओरालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्