Logo

एक वर्षमै साढे सात गुणाले बढ्यो डिम्याट खाता, ६० जिल्लामा सेवा विस्तार

एक वर्षमै साढे सात गुणाले बढ्यो डिम्याट खाता, ६० जिल्लामा सेवा विस्तार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । धितोपत्र बोर्डले कागजी सेयर कारोवार गर्ने व्यवस्था हटाएसँगै डिम्याट खाता (सेयरको अभौतिकीकरण) खोल्ने क्रम बढेको छ । आर्थिक वर्ष २०७२/७३ मा डिम्याट खाता खोल्ने क्रम साढे ७ गुणाभन्दा बढीले बढेको सिडिएस एण्ड क्लियरिङ्ग लि. (सिडिएससि) ले जानकारी दिएको छ ।

सिडिएसिका अनुसार आव २०७१/७२ मा कुल डिम्याट खाता ४० हजार ४ सय रहेकोमा आव २०७२/७३ मा आइपुग्दा ३ लाख ५१ हजार ४ सयभन्दा बढी पुगेको छ ।

सो अवधिसम्ममा सिडिएससिले ६० जिल्लाबाट डिम्याट खाता खोल्न सक्ने व्यवस्था गरेको छ । धितोपत्र केन्द्रीय निक्षेप सेवा नियमावली, २०६७ मा भएको व्यवस्थानुसार धितोपत्रको अभौतिकीकरणका लागि दर्ता गरेका कम्पनीहरुको संख्या २ सय १३ पुगेको छ भने निक्षेप सदस्यता पनि ६० वटा पुगेको छ । सो अवधिमा सिडिएससिले निक्षेप सदस्यहरुको संजाल ६० वटा जिल्लाहरुमा विस्तार गरी केन्द्रीय निक्षेप सेवा प्रदान गरिदैं आएको छ ।

सिडिएससिका अनुसार आव २०७१/७२ मा २२ करोड ४ लाख ५२ हजार ९ सय १५ कित्ता धितोपत्र अभौतिकीकरण भएकोमा आव २०७२/७३ मा ९० करोड ७७ लाख ६६ हजार २ सय ७३ कित्ता धितोपत्र अभौतिकरण भएका छन् भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL