Logo

नेप्सेको सीइओ बन्न १० जनाको आवेदन, सूचीसहित

नेप्सेको सीइओ बन्न १० जनाको आवेदन, सूचीसहित



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदका लागि १० जनाले आवेदन दिएका छन् । सीइओ छनोटका लागि गठित सिफारिस समितिले जानकारी दिए अनुसार आवेदन दिने अन्तिम दिन आजसम्म नेप्सेका निवर्तमान सीइओ कृष्ण बहादुर कार्कीसहित १० जनाले आवेदन दिएका हुन् ।

आवेदन दिनेमा पूर्ण प्रसाद आचार्य, बद्री प्रसाद प्याकुरेल, नारद कुमार लुईँटेल, युवराज दाहाल र प्रविण अधिकारी रहेका छन् । यस्तै चुडामणी चापागाईँ, बिमल कुमार तिवारी, हेमन्त बश्याल, मुकुन्द राज जोशी र कृष्ण बहादुर कार्कीले आवेदन दिएका हुन् ।

सिफारिस समितिले खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न भन्दै फागुन ११ गते सूचना प्रकाशित गरेर सीइओका लागि दरखास्त माग गरेको थियो । योग्यता पुगेका इच्छुक व्यक्तिले सात दिन भित्र अर्थात फागुन १८ गतेभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन दिनुपर्ने उल्लेख थियो । आवेदनसँगै व्यावसायिक कार्ययोजना समेत पेस गर्नुपर्ने सूचनामा भनिएको थियो ।

अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन सूचना प्रविधि, वाणिज्य वा कानून विषयमा कम्तिमा स्नातकोत्तर, चार्टर्ड एकाउण्टेन्सी वा सो सरहको उपाधी हासिल गरेर पुँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तीमा सात वर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभव सहित कम्तीमा पन्ध्र वर्षको कार्य अनुभव भएकको व्यक्तिले सीइओका लागि आवेदन दिन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्