काठमाडौं । साताको चौथो कारोबार दिन (बुधबार) पनि नेप्सेको ओरालो यात्रा कायमै रहेको छ । यसअघि पछिल्ला २ दिन उच्च अंकले घटेको नेप्से आज पनि २५.१६ अंकले घट्दै २८ सय २१.१३ को विन्दुमा ओर्लिएर रोकिएको हो ।
आज कुल ३ सय ८ कम्पनीका २ करोड ३३ लाख ४३ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १० अर्ब ९७ करोड २६ लाख नाघेको हो ।
आज कारोबारमा आएकामध्ये ट्रेडिङबाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् । जसका कारण आज १ सय ७४ कम्पनीको सेयरमूल्य घट्दा ६२ कम्पनीको सेयरमूल्यमा मात्रै वृद्धि देखिएको छ ।