Logo

जगदम्बा सिमेन्टलाई उत्कृष्ट उद्योग सम्मान, गुणस्तरमा कटीबद्ध रहने प्रतिबद्धता

जगदम्बा सिमेन्टलाई उत्कृष्ट उद्योग सम्मान, गुणस्तरमा कटीबद्ध रहने प्रतिबद्धता


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । जगदम्बा सिमेन्ट उत्पादक उद्योगले ‘उत्कृष्ट उद्योग २०७३’ सम्मान प्राप्त गरेको छ । रुपन्देही उद्योग संघले जगदम्बा सिमेन्ट इण्डष्ट्रिज प्रालिलाई यो उपाधि दिएको हो ।

शुभश्री जगदम्बा सिमेन्ट मिल्स प्रालिले नेपाल गुणस्तर तथा नापतौल विभागबाट लगातार २ पटकसम्म एनएस अवार्ड जितिसकेको छ ।

कम्पनीले आगामी दिनहरुमा समेत उपभोक्ताको सेवामा समर्पित रही गुणस्तर प्रति सदैव कटीबद्ध रहने प्रतिबद्धता व्यक्त गरेको छ । कम्पनीले जगदम्बा सिमेन्ट इण्डष्ट्रीज प्रालि र शुभश्री जगदम्बा सिमेन्ट मिल्स प्रालिमार्फत नेपालमा पाइने सबै प्रकारका सिमेन्टहरु विक्री वितरण गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्