Logo

चैत ८ र ९ गते महासंघको अधिवेशन, १ सय स्टल सहितको औद्योगिक प्रदर्शनी हुने

चैत ८ र ९ गते महासंघको अधिवेशन, १ सय स्टल सहितको औद्योगिक प्रदर्शनी हुने



काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले आगामी चैत ८ र ९ गते अधिवेशन गर्ने भएको छ । देशमा औद्योगिक वातावरण निर्माण गर्दै उद्योगी व्यवसायीको हितमा काम गर्ने उद्देश्य अनुरुप आजभन्दा १२ वर्ष अघि स्थापना भएको महासंघले आफ्नो तेस्रोत अधिवेशन गर्न लागेको हो ।

महासंघले बबरमहलस्थित कार्की ब्यंक्वेटमा देशभरका करिव २ हजार उद्योगी व्यवसायीको सहभागितामा निर्वाचन सहितको महाधिवेशन गर्न लागेको हो । सो अधिवेशनले महासंघको नयाँ कार्यसमिति चयन गर्नेछ । यसअघि महासंघको विधान अनुसार २ सय ९९ सदस्यीय कार्यसमिति र १७ सदस्यीय पदाधिकारी रहँदै आएकोमा अब १ सय ५१ सदस्यीय कार्यसमिति र ९ सदस्यीय पदाधिकारी मात्र रहने छ । जसमा अध्यक्ष, महिला सहित २ उपाध्यक्ष, महासचिव, उपमहासचिव, संगठन, प्रचार विदेश र कोष हेर्नेगरी क्षेत्र तोकेरै ४ जना सचिव रहने छन् ।

यसैगरी महासंघले सोही अबसरमा औद्योगिक प्रदर्शनी पनि गर्ने भएको छ । देश भित्र रहेका घलु घरेलु, साना मझौलादेखि ठूला उद्योगबाट उत्पादित बस्तुहरुको बजाररिकरण गर्नका लागि औद्योगिक प्रदर्शनी गर्न लागिएको महासंघका संयोजक भागिरथ सापकोटाले जानकारी दिए । ‘लामो समयको आर्थिक मन्दीको कारण अहिले उद्योगी व्यवसायीको मनोवल खस्किदो अवस्थामा छ,’ उनले भने, ‘औद्योगिक वातावरण निर्माण गर्दै देशभित्र आर्थिक गतिविधी चलायमान बनाउनका लागि औद्योगिक प्रदर्शनी गर्न लागिएको हो ।’

महासंघले आफ्नै साधारणसभाको अवसर पारेर २ दिनसम्म उक्त प्रदर्शनी गर्न लागिएको समेत उनले जानकारी दिए । ‘हामीले चैत ८ र ९ गर्त बबरमहल स्थित कार्की बैंकेटमा महासंघको वार्षिक साधारणसभा गर्दै छौं,’ उनले भने, ‘सोही अबसरमा हामीले देशभरका उद्योगी व्यवसायी उपस्थित गराई उहाँहरुले उत्पादन गरेको वस्तुहरुलाई प्रदर्शनीमा राख्ने छौं ।’ साथै उक्त स्थललाई वस्तु उत्पादक र खरिदकर्ताको जमघट स्थल बनाईने समेत उनले जानकारी दिए ।

प्रदर्शनीमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका साना मझौला किसानदेखि ठूला उद्योगी व्यवसायीले उत्पादन गरेका वस्तुहरु रहेन उक्त मेला उपसमितिका संयोजक गोपाल खनालले जानकारी दिए । ‘हामीले मेलामा साना, घलुघरेलु देखि मझौला र ठूला गरी १ सयभन्दा बढी स्टलहरु राख्दैछौं,’ उनले भने, ‘जहाँ कर्णालीमा पाईने जिम्बु, यार्चा, सिलाजित देखि पूर्वको छुर्पी, अलैची देखि चियाकपी सम्म रहने छ ।’ साथै उक्त मेलामा हरेक क्षेत्रका ठूला उद्योगहरुको उत्पादन समेत बिक्री तथा प्रदर्शनीमा राखिने उनले जानकारी दिए । महासंघको २ दिनसम्म चल्ने उक्त साधारणसभामा देशभरबाट आउने ३ हजार उद्योगी व्यवसायी आउने अपेक्षा गएिको छ ।

प्रतिक्रिया दिनुहोस्