Logo

सेयर बजारमा १३ अंकको करेक्सन, १४ अर्ब २८ करोडको कारोबार

सेयर बजारमा १३ अंकको करेक्सन, १४ अर्ब २८ करोडको कारोबार



काठमाडौं । आईतबार एकैदिन ७५ अंकले बढेको सेयर बजारमा सोमबार करेक्सन देखिएको छ । सोमबार सेयर बजार १३.६२ अंकले घटेपनि कारोबार रकममा भने सामान्य वृद्धि भएको हो । कारोबार समयको सुरुवातिदेखि नै ओरालो यात्रा तय गरेको नेप्से अन्तिम समयमा दोहोरो अंकले घट्न पुगेको हो । आज कारोबार अवधिभर कुल ३ सय कम्पनीका ३ करोड १२ लाख ४१ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार हिजोको तुलनामा केहि बढ्दै १४ अर्ब २८ करोड माथि पुगेको हो ।

आज कारोबारमा आएकामध्ये ५ समुहका परिसुचक उकालो लाग्दा ८ समुहको परिसुचकमा गिरावट देखिएको छ ।

आज कुल १ सय ८७ कम्पनीको सेयरमुल्य घट्दा ५१ कम्पनीको सेयरमूल्यमा मात्रै वृद्धि देखिएको हो । आज एकैदिन हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडको मात्रै सबैभन्दा बढी अर्थात १ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्