Logo

नेप्सेमा दिनभर उत्तरचढाव, बजार घट्ने संकेत गर्दै खुम्चियो कारोवार रकम

नेप्सेमा दिनभर उत्तरचढाव, बजार घट्ने संकेत गर्दै खुम्चियो कारोवार रकम


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । दैनिक १ अर्ब रुपैयाँभन्दा माथी कारोवार हुने नेपालको सेयर बजार अहिले ३२ करोड रुपैयाँको हाराहारीमा खुम्चिन थालेको छ । केही समयदेखि बजार उच्च रुपमा घटवढ हुँदा पनि दैनिक ६० करोड रुपैयाँभन्दा कारोवार भइरहेको बजारमा अहिले ३०÷३५ करोडको हाराहारीमा खुम्चिन थालेको छ ।

बजार घट्ने ट्रेण्डमा गइरहेको कारोवार रकम पनि सोही अनुरुप एकदमै खुम्चिरहेको एक लगानीकर्ताले बताए । ‘अवको १÷२ दिन बजारमा न्युन कारोवार हुन्छ,’ ती लगानीकर्ताले भने, ‘त्यसपछि बजार घट्न थाल्छ ।’ बजारमा करोवार रकम खुम्चिनु भनेकै नेप्सेले घट्ने संकेत देखाएको हो ।

बुधबार बजार खुलेको केही समय दाहोरो अंकमा ओरालो नेप्से परिसुचक अन्तत लय समात्दै १ अंकले बढ्न पुगेको छ । अघिल्ला दिनमा विभिन्न कम्पनीको साधारण सेयर तथा फरदर पब्लिक अफरिङ (एफपीओ)ले घटाएको बजारमा आज भने धेरै कारोवार हुन सकेन ।

बीमा समुहको परिसुक बढ्दा बजार समान्य उकालो लागेको छ । तर अन्य समुहका परिसुचक भने त्यति धेरै बढ्न सकेनन् भने बजारमा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक ओरालो लागेको छ ।

बुधबार कुनै कम्पनीको कारोवार साव ३ करोड रुपैयाँभन्दा माथी जान सकेको छैन । आजै मात्र २१ प्रतिशत बोनस सेयर घोषणा गरेको कुमारी बैंकको ३ करोड ३२ लाख रुपैयाँको सेयर कारोवार भएको छ । अन्य कम्पनीको पनि साढे २ करोड रुपैयाँभन्दा माथीको सेयर खरिदविक्री हुन सकेको छैन । दिनभर १ सय २४ कम्पनीको ६ लाख ३८ कित्ता सेयर मात्र कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्