काठमाडौं । क्यापिटल म्याक्स सेक्युरिटीज लिमिटेडले शाखा विस्तार गरेको छ । पछिल्लो पटक लाईसेन्स लिने मध्येमा ब्रोकर नम्बर ६२ अर्थात क्यापिटल म्याक्स सेक्युरिटीले कास्की जिल्लाको पोखरामा आफ्नो पहिलो शाखा विस्तार गरेको हो ।
क्यापिटल म्याक्सका अध्यक्ष अतितलाल श्रेष्ठका अनुसार पोखराको न्यूरोडमा शाखा खोलिएको हो । ‘हामीले धितोपत्र बोर्डको नियम भित्र रहेर लगानीकर्तालाई बढीभन्दा बढी सेवा सुविधा दिने उद्देश्य अनुरुप पोखरामा पहिलो शाखा खोलेका छौं,’ अध्यक्ष श्रेष्ठले भने, ‘आशा छ नेपालको पर्यटकीय राजधानी पोखराका लगानीकर्ताहरुले क्यापिटल म्याक्सबाट सेयर कारोबारका लागि सरल र सहज रुपमा सेवा सुविधा पाउनुहुनेछ ।’
क्यापिटल म्याक्स पछिल्लो पटक ब्रोकर लाईसेन्स पाउनेमध्येमा सबैभन्दा बढी कारोबार गर्ने कम्पनी हो । यस्तै नयाँ लाईसेन्स पाएका ब्रोकरमध्येमा पनि शाखा खोल्नेमा क्यापिटल म्याक्स पहिलो हो ।
काठमाडौंको कमलपोखरीमा मुख्य कार्यालय रहेको सो कम्पनीले देशका अन्य शहरहरुमा पनि छिट्टै नयाँ शाखा विस्तार गर्ने जानकारी दिएको छ । ‘हाम्रो उद्देश्य भनेको देशभरका लगानीकर्ता समक्ष क्यापिटल म्याक्सको सेवा सुविधा सहज रुपमा पुर्याउनु हो,’ उनले भने, ‘तसर्थ भोलीका दिनमा अझ परिस्कृत सेवा सुविधा लिएर लगानीकर्तासमक्ष आउने छौं ।’
विशेषगरी क्यापिटल म्याक्सले आफ्ना ग्राहकलाई सहजताको लागि अटो कोल्याटरल लोड सुविधा अर्थात लगानीकर्ताले सेयर बिक्री गर्नासाथ सो रकम बराबरको लिमिट तुरुन्तै पाउन सक्नेछन भने आफुले सेयर बिक्री गर्दा कति नाफा वा घाटा भयो, ब्रोकरमा आफ्नो नेटवर्थ, लगानी रकमजस्ता विषयको जानकारी तुरुन्तै पाउने सकिने छ ।
यसैगरी कम्पनीले आफ्ना ग्राहकका लागि फ्रि मार्केट ओभरभ्यू, प्राविधिक विश्लेषण, चार्टिङ टुल्स, फण्डामेन्टल विश्लेषण टुल्स, फ्लोरसिट तथा ब्रोकर विश्लेशषजस्ता दर्जनौ सेवा सुविधा दिँदै आएको छ ।