काठमाडौं । डिजिटल वालेट आइएमई पे ले युएईबाट बोटिम मार्फत पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा ५ सय रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्बजनिक गरेको छ ।
‘बोटिम’एप मार्फत युएईमा बस्ने नेपालीले नेपालमा आइएमई पे एपमा रकम पठाउन मिल्ने साझेदारी अन्तर्गत यो अफरले युएईमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीमा थप उत्साह थप्न मद्त गर्ने विश्वास कम्पनिले राखेको छ ।
यहि फाल्गुन १५ देखि चैत्र १५ सम्म लागु हुने अफर अन्तर्गत नेपाली १०,००० वा त्यो भन्दा बढि प्राप्त गर्ने १० जना भाग्यशाली विजेताले बोनस रकम प्राप्त गर्न सक्नेछन् ।
आइएमई पेमा विदेशको कुनैपनि कुनाबाट पठाएको रकम सजिलै प्राप्त गर्न सकिन्छ। विदेशमा कडा परिश्रम गरी कमाएर पठाएको पैसा सुरक्षित माध्यम मार्फत छिट्टै र सजिलै नेपालमा आफ्नो परिवारको हातमा प्राप्त गराउन आइएमई पेले लामो समय देखि सेवा दिँदै आएको छ।