काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले बढ्दै बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढावसहित उकालो लागिरहेको नेप्से अन्तिम समयमा ४९.१५ अंकले बढ्दै २८ सय १५ को विन्दुमा उक्लिएर बन्द भएको हो ।
आज कुल ३ सय कम्पनीका २ करोड ६१ लाख ९९ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ११ अर्ब ३९ करोड २४ लाख माथि पुगेको छ । नेप्सेका अनुसार आज कारोबारमा आएकामध्ये सबै समुहको परिसुचक उकालो लाग्दा १ सय ८६ कम्पनीको सेयरमुल्यमा वृद्धि देखिएको छ भने जम्मा ५२ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।
आज विभिन्न ५ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा बढी कारोबार हिमालयन रि इन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको भएको छ । यी ३ कम्पनीको क्रमशः आज ९६ करोड ४७ लाख, ७६ करोड ४२ लाख र ४६ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।