काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७.१३ अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि उच्च उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ७ अंकले बढ्दै २७ सय ६५ को विन्दुमा पुगेर रोकिएको हो ।
आज कारोबार अवधिभर कुल ३ सय १२ कम्पनीका १ करोड ७८ लाख ६५ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ९ अर्ब ९० करोड ९३ लाख रुपैयाँमा सीमित भएको छ । यसअघि सोमबार कारोबार रकम ११ अर्ब नाघेको थियो ।
आज कारोबारमा आएकामध्ये १ सय ३२ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा १ सय ४ कम्पनीको सेयरमुल्यमा वृद्धि देखिएको छ । यस्तै आज ६ समुहको परिसुचक ओरालो लाग्दा ७ समुहको परिसुचक उकालो लागेका छन् ।
आज गार्डियन माइक्रो लाइफको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।