Logo

एनआरएन इन्फ्राइट्रक्चरद्वारा एलआईसी नेपालको ४ लाख ७५ हजार कित्ता सेयर खरिद

एनआरएन इन्फ्राइट्रक्चरद्वारा एलआईसी नेपालको ४ लाख ७५ हजार कित्ता सेयर खरिद



काठमाडौं । एनआरएन इन्फ्राइट्रक्चर एण्ड डेभलपमेण्टले लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) को ४ लाख ७५ हजार ७ सय कित्ता सेयर खरिद गरेको छ।

एलआईसी नेपालले गत मंसिर १२ देखि पुस २ गतेसम्म २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ बराबरको ८८.४५ प्रतिशत अर्थात् २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर जारी गरेको थियो। उक्त अवधिमा बिक्री नभएका ४ लाख ९२ हजार ५ सय ७७ कित्ता अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्री गरिएको थियो।

यस लिलामीमा एनआरएन इन्फ्राइट्रक्चरले सर्वसाधारण समूहतर्फको ४ लाख ७५ हजार कित्ता सेयर खरिद गरेको हो। नेपालका विभिन्न क्षेत्रमा लगानी गर्ने सूचीकृत कम्पनीका रूपमा एनआरएन इन्फ्राइट्रक्चर पछिल्ला दिनहरूमा आक्रामक रूपमा लगानी विस्तार गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्