काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ३.३५ अंकले बढ्दै २७ सय ५८ को विन्दुमा पुगेर बन्द भएको हो ।
आज कारोबार अवधिभर कुल ३ सय १० कम्पनीका २ करोड ११ लाख १० हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ११ अर्ब ८ करोड ५४ लाख माथि पुगेको छ ।
आज कारोबारमा आएकामध्ये ४ समुहको परिसुचक मात्रै उकालो लाग्दा बाढी ९ समुहको परिसुचकमा गिरावट आएको छ । यसरी आज कुल १ सय ४५ कम्पनीको सेयरमूल्य घटेको छ भने ९० कम्पनकिो सेयरमुल्यमा मात्रै वृद्धि देखिन्छ ।