काठमाडौँ । विश्वव्यापी टेक ब्रान्ड टेक्नोले आफ्नो स्मार्टफोनहरूमा डीपसीक एलएलएम समावेश गरी एआई प्रविधिमा नयाँ स्तर कायम गरेको छ। यस नवीनतम प्रविधिले टेक्नो फोनलाई अझ बुद्धिमान, द्रुत, र प्रभावकारी बनाउने कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार डीपसीक एलएलएम प्रविधिले भ्वाइस कमाण्ड, स्मार्ट क्यामेरा, द्रुत अनुवाद, र अन्य उपयोगी एआई टुल्सलाई अझ सहज र उन्नत बनाएको छ। प्रयोगकर्ताहरूले आफ्नो दैनिक कार्यहरू छिटो र सरल रूपमा गर्न सक्नेछन्, जसले विद्यार्थी, व्यवसायी तथा प्रविधि प्रेमीहरूलाई थप सुविधा प्रदान गर्ने कम्पनीको दाबी छ ।
नेपालमा किफायती मूल्यमा अत्याधुनिक प्रविधि उपलब्ध गराउँदै आएको टेक्नोले ठूला डिस्प्ले, शक्तिशाली क्यामेरा, र लामो ब्याट्री लाइफ जस्ता सुविधाहरूको लोकप्रियता बढाउँदै आएको छ। कम्पनीका अनुसार डीपसीक एलएलएम समावेशसँगै टेक्नोले एआई इनोभेसनमा नयाँ बेन्चमार्क सेट गर्दै नेपालभरका प्रयोगकर्ताहरूलाई अझ स्मार्ट र सहज प्रविधि अनुभव गराउने लक्ष्य लिएको छ।