काठमाडौं । खानीखोला हाइड्रोपावर लिमिटेडको ४६ लाख ७१ हजार कित्ता साधारण सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । उक्त सेयर आजैमात्र नेप्सेमा सुचिकृति भएको हो ।
सुचिकृत भएसँगै खानीखोलाको सेयर आगामी हप्तादेखि कारोवार हुने भएको छ । कम्पनीले ९ लाख ३१ हजार चार सय २९ कित्ता साधारण सेयर गत जेठमा निष्कासन खुला गरेको थियो ।
कम्पनीले निष्काशन गरेको ९ लाख ३१ हजार ४ सय २९ कित्ता साधारण सेयर मध्ये ४६ हजार ५ सय ७१ कित्ता लगानी कोष र १८ हजार ६ सय २९ कित्ता कर्मचारीका लागि बाँडफाँट गरिएको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ४ लाख ६५ हजार कित्ता साधारण सेयर बिक्री गरेको थियो ।
साधारण सेयर जारीसँगै कम्पनीको चुक्ता पूँजी ४६ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।