Logo

नेपाल लाईफले निकाल्यो एफपीओको आबह्वान पत्र, १० देखि ३१ हजार कित्तासम्म भर्न सकिने

नेपाल लाईफले निकाल्यो एफपीओको आबह्वान पत्र, १० देखि ३१ हजार कित्तासम्म भर्न सकिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्सले फरदर पब्लिक अफरिङ (एफपीओ)का लागि आबह्वान पत्र निष्काशन गरेको छ । कम्पनीले यही पुस २७ गतेदेखि निश्काशन गर्न लागेको ३१ लाख कित्ता एफपीओको लागि आबह्वान पत्र निकालेको हो । उक्त एफपीओ माघ २ गतेसम्म भर्न सकिनेछ ।

कम्पनीले जारी गरेको आबह्वान पत्र अनुसार न्युनतम १० र अधिकतम ३० हजार ९ सय ६० कित्ता सेयरका लागि आबेदन दिन पाईने छ । जस अनुसार न्युनतम १४ हजार २ सय ५० र अधिकतम ४ करोड ४१ लाख १८ हजार रुपैयाँसम्मको आवेदन दिन सकिने छ । नेपाल लाइफले १ सय अंकित मूल्यमा १ हजार ३ सय २५ रुपैयाँ प्रिमियम थपेर एफपीओ जारी गर्न लागेको हो ।

जस अनुसार आवेदन दिँदा न्युनतम १० कित्ता र त्यस भन्दा बढी आबेदन गर्दा १० ले भाग जाने संख्यामा हिसाब गरी सम्पूर्ण रकम जम्मा गर्नुपर्नेछ । कम्पनीको निष्काशन तथा विक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्