काठमाडौं । बालबालिकाको सुरक्षित हेरचाह, शैक्षिक प्रवर्द्धन र सिर्जनात्मक विकासलाई लक्ष्य राख्दै बिराटनगरमा पहिलो पटक आधुनिक सुविधा सम्पन्न ‘किडोपिया स्टुडियो’ सञ्चालनमा आएको छ।
यो डे केयर केन्द्रले व्यस्त अभिभावकहरूका लागि ठूलो सहजता प्रदान गर्दै बालबालिकालाई सुरक्षित, मनोरञ्जनात्मक र ज्ञानवर्द्धक वातावरण उपलब्ध गराउनेछ। ‘किडोपिया स्टुडियो’ मा इनडोर तथा आउटडोर खेल क्षेत्र, पुस्तकालय, दृश्य(श्रव्य शिक्षण कोठा, आईटी तथा आर्ट ७ क्राफ्ट स्टुडियोजस्ता सिर्जनात्मक गतिविधिहरू समावेश छन्। साथै, तार्किक सोच तथा समस्या समाधान क्षमताको अभिवृद्धिका लागि ब्रेन गेम र पजल्सको विशेष व्यवस्था गरिएको छ।
बालबालिकाको पोषण र स्वास्थ्यलाई ध्यानमा राख्दै स्टुडियोले प्रोटिनयुक्त स्वस्थ भोजनको आपूर्ति गर्नेछ भने आकस्मिक स्वास्थ्य सहायता उपलब्ध गराउन प्राथमिक उपचार सेवासमेत उपलब्ध गराइएको छ। सुरक्षालाई पहिलो प्राथमिकता दिँदै गेटेड सेक्युरिटीसहितको निगरानीयुक्त वातावरण निर्माण गरिएको छ।
प्रशिक्षित शिक्षक तथा अनुभवी स्टाफको साथमा बच्चाहरूले खेल्दै(खेल्दै सिक्ने अवसर पाउने छन्, जसले उनीहरूको मानसिक, शारीरिक तथा सामाजिक विकासलाई सघाउने विश्वास गरिएको छ।
बिराटनगर(१० मा अवस्थित ‘किडोपिया स्टुडियो’ हप्ताको सातै दिन बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। अभिभावकहरूले आफ्ना बालबालिकालाई सुरक्षित र शिक्षणमैत्री वातावरणमा राख्ने अवसर प्राप्त गर्ने भएकाले यो स्टुडियो विशेष आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ।