Logo

एनएमबि हाईब्रिड फण्ड एल – २ को इकाईमा बिहीबारसम्म आवेदन दिन सकिने

एनएमबि हाईब्रिड फण्ड एल – २ को इकाईमा बिहीबारसम्म आवेदन दिन सकिने



काठमाडौं । एनएमबि क्यापिटलले माघ २४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष एमएबि हाईब्रिड फण्ड एल २ को इकाई खरिदका लागि भोलि फागुन ८ गतेसम्म आवेदन दिन सकिन भएको छ ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनएमबि हाईब्रिड फण्ड एल २ दश वर्षे बन्दमुखी योजना हो । साथसाथै, यो योजना हाईब्रिड प्रकृतिको भएकाले सामान्यतया इक्विटी फण्डभन्दा तुलानात्मक रुपामा कम जोखिम हुने गर्दछ । उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म अर्थात प्रति इकाई रु १० का दरले १ हजार देखि रु १२ करोड सम्मको आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

फण्डले १४ प्रतिशत अर्थात् १ करोड ६८ लाख इकाई कोष प्रवर्धक कम्पनी एनएमबि बैंकलाई र १ प्रतिशत अर्थात १२ लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गरेको हो । फण्डको कुल १२ करोड इकाई मध्य कोष प्रवर्धक र योजना व्यवस्थापकले सम्पूण बीज पूँजी बराबरको १ करोड ८० लाख इकाई र ५८ हजार ४ सय ४० सर्बसाधारण/संस्थागत लगानीकर्ताहरुबाट १० करोड १५ लाख इकाईको लागि आवेदन प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्