Logo

नेप्सेमा दोहोरो अंकको वृद्धि कायमै, कारोबार १० अर्ब माथि

नेप्सेमा दोहोरो अंकको वृद्धि कायमै, कारोबार १० अर्ब माथि



काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले बढेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढावसहित उकालो लागेको नेप्से अन्तिम समयमा २९.८७ अंकले बढ्दै २७ सय २७.९१ को विन्दुमा पुगेर रोकिएको हो ।

आज दिनभर कुल ३ सय २ कम्पनीका १ करोड ८० लाख ८१ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १० अर्ब ४ करोड ९६ लाख माथि पुगेको छ ।

आज कारोबारमा आएकामध्ये वित्त, जलविद्युत र व्यापारबाहेकका सबै समुहको परिसुचक उकालो लागेका छन् । आज कारोबारमा आएकामध्ये १ सय ६६ कम्पनीको सेयरमुल्यमा वृद्धि देखिँदा ७४ कम्पनीको सेयरमुल्य भने घटेको छ ।

आज सेयरमुल्य बढेकामध्ये ६ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको नेप्सेले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्