काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले बढेको छ । कारोबार समयको सुरुवातिदेखि उकालो लागिरहेको नेप्से अन्तिम समयमा १९.५६ अंकले बढ्दै २६ सय ९८ को विन्दुमा उक्लेर रोकिएको हो ।
आज कुल ३ सय ९ कम्पनीका २ करोड ९ लाख ८४ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ९ अर्ब ४७ करोड ३ लाख ८ हजार माथि पुगेको छ ।
आईतबार कारोबारमा आएकामध्ये म्युचुअल फण्ड र निर्जीवन बीमा समुहबाहेकका सबै समुहबो परिसुचक उकालो लागेका छन् । आज कारोबारमा आएकामध्ये १ सय ७६ कम्पनीको सेयरमूल्य बढ्दा जम्मा ६३ कम्पनीको सेयरमुल्यमा गिरावट आएको छ । आज सेयरमुल्य बढेकामध्ये ४ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।