Logo

अनरले नेपाली बजारमा ‘अनर एक्स९सी फाइभजी’ स्मार्टफोन ल्याउँदै, यस्ता छन् विशेषता

अनरले नेपाली बजारमा ‘अनर एक्स९सी फाइभजी’ स्मार्टफोन ल्याउँदै, यस्ता छन् विशेषता



काठमाडौं । नेपाली स्मार्टफोन बजारमा नयाँ प्रविधि र विशेषतासहित ‘अनर एक्स९सी फाइभजी’ आउने भएको छ। ‘अनर एक्स९बी फाइभजी’ को सफलतापछि सेलट्रोन नेपालले नेपालकै सबैभन्दा बलियो स्मार्टफोन दाबी गर्दै नयाँ संस्करण सार्वजनिक गर्ने तयारी गरेको हो।

‘अनर एक्स९बी फाइभजी’ मा ५८००एमएएच क्षमताको लामो समय टिक्ने ब्याट्री, ३६०-डिग्री एण्टी-ड्रप सुरक्षा, १०८एमपी को क्यामेरा, आकर्षक डिजाइन, र शक्तिशाली प्रदर्शन जस्ता उत्कृष्ट विशेषताहरू समावेश थिए।

साथै, ६.७८ इञ्चको घुमाउरो एमोलेड पर्दा, १२०एचडेट रिफ्रेस दर, र १२००-निट चमक भएका कारण प्रयोगकर्तालाई सहज र उत्कृष्ट अनुभव प्रदान गरेको थियो। ‘अनर एक्स९बी’ को सफलता पछि कम्पनीले उपभोक्ताहरूलाई अझ उत्कृष्ट अनुभव दिने उद्देश्यले यो नयाँ भेरियन्ट ल्याउन लागेको हो।

नयाँ संस्करणमा झन् मजबुत संरचना, अझ शक्तिशाली ब्याट्री, उच्च गुणस्तरको क्यामेरा र प्रयोगकर्ताका लागि उत्कृष्ट अनुभव जस्ता थप सुधार गरिएको कम्पनीले जनाएको छ। यसको आधिकारिक मूल्य र उपलब्धताको जानकारी चाँडै सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्