Logo

२२ अंकले बढ्यो नेप्से, फोरजी लञ्च गरेकै दिन टेलिकमको किन बढ्यो कारोवार ?

२२ अंकले बढ्यो नेप्से, फोरजी लञ्च गरेकै दिन टेलिकमको किन बढ्यो कारोवार ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक दोहोरो अंकले बढेको छ । बजार खुलेदेखि नै उकालो लागेको नेप्से अन्तत २२ दशमलव २४ अंकले बढ्न पुगेको छ ।

आइतबार नेप्से परिसुचक बढ्दै १ हजार ४ सय ६५ अंकमा पुगेर अडिएको छ । बजारमा प्रायजसो समुहको परिसुचक उकालो लागेसँगै समग्र नेप्से बढ्न पुगेको हो । बजारमा सवैभन्दा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक २९ अंकभन्दा बढीले उकालो लाग्दा नेप्से परिसुचक उच्च रुपमा बढ्न गएको छ ।

यसैगरी बजारमा होटल समुहको परिसुचक ३५ अंकले बढेको छ भने विकास बैंक २३, जलविद्युत २६ सय र बीमा समुह २७ अंकले उकालो लागेका छन् । तर, बजारमा उत्पादनमुलक समुह र फाइनान्स समुहका परिसुचक भने ओरालो लागेका छन् ।

नेपाल टेलिकमले फोरजी सेवा लञ्च गरेकै दिन नेप्सेमा कारोवार रकम भने बढ्न पुगेको छ । आइतबार सवैभन्दा बढी कारोवार हुने कम्पनीको शीर्ष स्थानमा टेलिकम रहेको छ । दिनभर टेलिकमको ९ करोड ४२ लाख रुपैयाँ बरावरको सेयर खरिदविक्री भएको छ । त, अन्य कम्पनीको भने पौने ३ करोड रुपैयाँभन्दा माथी जान सकेको छैन ।

दिनभर कुल १ सय ३४ कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीको कुल ५७ करोड ३३ लाख रुपैयाँ बरावरको १३ लाख ७ हजार कित्ता सेयर खरिदविक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्