Logo

साताको अन्तिम दिन घटेर बन्द भयो बजार, कारोबार ८ अर्ब नजिक

साताको अन्तिम दिन घटेर बन्द भयो बजार, कारोबार ८ अर्ब नजिक



काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक घटेर बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि ओरालो लागिरहेको नेप्से अन्तिम समयमा ७.२६ अंकले घट्दै २६ सय ७८ को विन्दुमा झरेर बन्द भएको हो ।

आज कुल ३ सय २ कम्पनीका १ करोड ५८ लाख ७५ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब ९२ करोड १३ लाख माथि पुगेको छ ।

आज कारोबारमा आएकामध्ये वित्त, लगानी र लघुवित्तबाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् । आज कारोबारमा आएकामध्ये १ सय ६२ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा ७६ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्