Logo

सुनको मूल्यमा उतारचढाव जारी, आइतवार ३ सयले घट्दा ५२ हजार ७ सयमा कारोवार

सुनको मूल्यमा उतारचढाव जारी, आइतवार ३ सयले घट्दा ५२ हजार ७ सयमा कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आइतवार स्थानीय बजारमा सुनको भाउ प्रतितोला ३ सयले ओरालो लागेको छ । सो दिन सुन तोलाको ५२ हजार ७ सयमा कारोवार भएको हो ।

यसअघि शुक्रवार सुन तोलाको ५३ हजारमा कारोवार भएको थियो । त्यस्तै चाँदीको भाउ पनि सामान्य ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार आइतवार चाँदी प्रतितोला १० रुपैयाँले घटेर ७ सय ५५ मा कारोवार भएको छ । शुक्रवार चाँदी तोलाको ७ सय ६५मा किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्