काठमाडौं । नेपालकै अग्रणी एफएमसिजी (FMCG) ब्रान्ड हाइलाइफ फुड्सले नयाँ वर्ष २०२५ देखि स्वस्थ जीवनशैली सुरु गर्ने अठोट र संकल्प लिएका सबैलाई प्रोत्साहित गर्दै “Transform with Hilife” नामक रोमाञ्चक अभियान लिएर आएको हो ।
यस अभियानमा सहभागीहरूलाई आफ्ना नयाँ वर्ष २०२५ का संकल्पहरूलाई निरन्तरता दिन मात्र होइन, आकर्षक उपहारहरू तथा हाइलाइफका स्वास्थ्यकर सामग्रीहरू जित्ने अवसर समेत प्रदान गरिनेछ। स्वस्थ जीवनशैली र पौष्टिक आहारलाई प्रोत्साहन गर्दै Hilife ले द्विसाप्ताहिक (Bi-Weekly) चुनौतीहरू प्रस्तुत गर्नेछ, जसमा फिटनेस, सन्तुलित आहार तथा पौष्टिक जीवनशैलीसँग सम्बन्धित विभिन्न गतिविधिहरू समावेश रहनेछन् । Push Up Challenge, Healthy Breakfast Challenge जस्ता अन्य चुनौतीहरूको साथमा हाइलाइफले उपहारहरू पनि ल्याउने गरेको छ।
चुनौतीहरू पुरा गर्दै, Video बनाएर आफ्नो Facebook वा Instagram मा #Transformwithhilife, #Sayhitohealthylife जस्ता Hashtag राखेर हाइलाइफको “Transform with Hilife” अभियानमा भाग लिन सकिन्छ ।
Gym Subscription, Fitness Watch, Blender, Zumba Classes, Hilife Goodies र अन्त्यमा, 1 लाख Worth को Treadmill जित्ने मौका रहेको यो अभियान, स्वास्थ्य जीवन जिउन चाहनेहरूलाई एक सुनौलो मौका हो।
हाइलाइफको “Transform with Hilife” अभियानमा संलग्न भएर कति जनाले आकर्षक उपहार पनि जितिसकेको र healthy life को सुरुवात पनि गरिसकेका छन् । स्वस्थ जीवनशैलीको महत्त्व र स्वस्थ रहनुको अठोटलाई रोमाञ्चक र प्रेरणादायी रूपमा प्रस्तुत गर्दै हाइलाइफको यो अभियान सिर्जनात्मक उदाहरण बन्न पुगेको छ।