Logo

सातामा ३२ अंकले घट्यो बजार, सुध्रिएन कारोवार रकम

सातामा ३२ अंकले घट्यो बजार, सुध्रिएन कारोवार रकम


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । यो साता सेयर बजारमा उच्च उत्तरचढाव भएको छ । साताभर बजार उत्तरचढाव हुँदै ३२ अंकले ओरालो लागेको छ ।
सातामा ४ दिन बजार खुल्दा २ दिन बढ्यो भने २ दिन ओरालो लागेको छ । सोमबार र मंगलबार बजार उच्च रुपमा घटेको थियो । सोमबार ४३ अंकले घटेको बजार मंगलबार २५ अंकले झरेको थियो ।

तर, पछिल्लो २ दिन भने बजार उकालो लागेको छ । बुधबार बजारमा केही सुधार हुँदै ५ अंकभन्दा बढीले बढेको थियो भने विहीबार अर्थात साताको अन्तिम दिन ३० अंकले बढ्न गएको छ ।

यो साता बजारमा कारोवार रकममा भने सुधार आएन । सोमबार ४३ अंकले बजार घट्दा कुल ४८ करोड रुपैयाँको सेयर खरिदविक्री भएको थियो भने मंगलबार ५९ करोड रुपैयाँ बरावरको कारोवार भएको थियो ।

बुधबार बजारमा सामान्य सुधार आउँदा ४६ करोड रुपैयाँको मात्र सेयर खरिदविक्री भएको थियो भने विहीबार साढे ५४ करोड रुपैयाँ बरावरको कारोवार भएको थियो । साताभर कुल २ अर्ब रुपैयाँ बरावरको सेयर खरिदविक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्