Logo

शुक्रवार प्रतितोला ३ सयले बढ्यो सुन, चाँदीको भाउ भने स्थिर

शुक्रवार प्रतितोला ३ सयले बढ्यो सुन, चाँदीको भाउ भने स्थिर


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । शुक्रवार स्थनीय बजारमा सुनको भाउ तोलाको ३ सयले उकालो लागेको छ । बिहीवार ५२ हजार ७ सयमा कारोवार भएको सुन आज बढेर ५३ हजार प्रतितोला पुगेको हो ।

यता चाँदीको भाउमा भने घटबढ नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार आज चाँदी तोलाको ७ सय ६५ मा किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्