Logo

मर्चेन्ट बैंकरको लाइसेन्स पुनः खुल्यो, सार्वजनिक निष्काशन गर्न १० बर्षे म्याद, ३० प्रतिशत आइपीओ अनिवार्य

मर्चेन्ट बैंकरको लाइसेन्स पुनः खुल्यो, सार्वजनिक निष्काशन गर्न १० बर्षे म्याद, ३० प्रतिशत आइपीओ अनिवार्य



काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकर व्यवसाय सञ्चालन गर्नका लागि दिइने अनुमतिपत्रको प्रक्रिया पुनः सुचारु गरेको छ। बोर्डले विज्ञप्ति जारी गर्दै यसअघि स्थगित गरिएको उक्त प्रक्रिया पुनः सुरु भएको जानकारी दिएको हो ।

यसअघि २०७४ मा निर्णय अनुसार मर्चेन्ट बैंकर व्यवसायको अनुमतिपत्र दिने प्रक्रिया स्थगित गरेको थियो । धितोपत्र व्यवसायी मर्चेन्ट बैंकर नियमावली २०६७ बमोजिम मर्चेन्ट बैकिङ व्यवसाय अन्तर्गतको निष्कासन तथा बिक्री प्रबन्धक र सेयर रजिष्ट्रेशन सेवा सञ्चालन गर्ने मर्चेन्ट बैंकर व्यवसायको अनुमतिपत्र प्रदान गर्ने कार्य हाल पुनः प्रारम्भ बोर्डले जानकारी दिएको छ ।

‘नियमावली बमोजिम मर्चेन्ट बैंकर व्यवसाय सञ्चालन गर्ने अनुमतिपत्र प्राप्त संस्थाले यदि सार्वजनिक निष्कासन गर्न चाहन्छ भने संस्थाले मर्चेन्ट बैंकर व्यवसाय सञ्चालन गरेको दश वर्ष पूरा गरिसकेको र कम्तीमा एक अर्ब चुक्ता पुँजी कायम गरेको हुनुपर्ने छ,’ विज्ञप्तिमा भनिएको छ,’ ‘यसबाहेक, नियमावली बमोजिमको प्रावधान अनुसार उक्त संस्थाले पुँजीको कम्तीमा ३० प्रतिशत हिस्सा सार्वजनिक निष्कासन गर्न सक्ने व्यवस्था रहेको छ।’

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This